लकडाउनमा एनएमबि बैंकले परिष्कृत सेवा सहितको कर्पोरेट इन्टरनेट बैंकिङ्ग सेवा शुरु गरेको छ ।
एनएमबि कर्पोरेट इन्टरनेट बैंकिङ्ग सुविधा प्रयोग गरी आफ्नो बैंक खातामा अनलाइन कारोवारका लगायत अन्य धेरै कार्यहरु सहजै गर्न सकिनेछ ।
उक्त इन्टरनेट बैंकिङ्गको माध्यमबाट ठुला देखी साना कर्पोरेट हाउसहरुले घर वा कार्यालयबाटै हरेक वित्तीय आवश्यकताहरु तत्कालै प्राप्त गर्न सक्नेछन । एनएमबि बैंकको उक्त सरल र प्रभावकारी योजनाबाट एक बृहत कारोवारहरु जस्तै आफ्नो खाताको विवरणहरु हेर्न, सबस्क्राइव गर्न र सदस्यता प्राप्त गर्न अनलाइनबाटै सकिनेछ ।
बैंकसम्म धाउनु पर्ने झन्झटबाट मुक्त भई निश्चित समयमै तलव पोष्टिङ्ग, कुनै पनि बैंकको कुनै पनि खातामा रकम स्थानान्तरण गर्न, ट्रेड फाइनान्स, कर्जा प्रोसेसिङ्ग लगायत अन्य विभिन्न व्यवसायीक कार्यहरु सम्बन्धि सेवा लिन सकिने उच्च कारोवार सीमा सहित सुरक्षाको नवीनतम संयन्त्रमा अत्याधुनिक पहुँच भएको एनएमबि कर्पोरेट इन्टरनेट बैंकिङ्ग सुविधारहेको बैंकले जनाएको छ ।