Breaking News

उच्च गतिको इन्टरनेटको विकास एक सेकेण्डमै १ हजार फिल्म डाउनलोड गर्न सकिने

May Sun 2020 02:38:03

918 views

उच्च गतिको इन्टरनेटको विकास एक सेकेण्डमै १ हजार फिल्म डाउनलोड गर्न सकिने

स्ट्रेलियाका वैज्ञानिकहरूले विश्वकै अहिलेसम्मको उच्च गतिको इन्टरनेट तयार गरेका छन् । अब आउने इन्टरनेटको स्पिडको मापन मेगाबिट प्रतिसेकेण्ड नभई टेराबिट प्रतिसेकेण्ड हुनेछ । उक्त इन्टरनेटको स्पिड यति तीव्र छ कि केवल १ मिनेटमा ४२ हजार गिगाबाइटभन्दा धेरै डाटा डाउनलोड गर्न सकिन्छ । 

यो इन्टरनेट स्पिडबाट औसतमा एक सेकेण्डमा १ हजार वटा एचडी फिल्म डाउनलोड गर्न सकिन्छ ।

अनुसन्धानकर्ताहरूले माइक्रो कम्ब नामक सानो आकारको एकल चिपको सहयोगमा उक्त कीर्तिमानी इन्टरनेट स्पिड तयार गरेका हुन् । 

मोबाइल डाटा वा वायरलेस कनेक्सनमा चाहिँ उक्त स्पिड १ मेगाबिट प्रतिसेकेण्डभन्दा पनि कम हुन्छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?