Breaking News

नेपालको साइबर सुरक्षामा चुनौती : एक पछि अर्को साइवर हमला

May Sun 2020 08:38:02

1804 views

नेपालको साइबर सुरक्षामा चुनौती :   एक पछि अर्को साइवर हमला

नेपालमा इन्डियन ह्याकरहरूले एकपछि अर्को साइवर हमला गरिरहेका छन् ।  ह्याकरको निशानामा नेपालका सरकारी तथा सार्वजनिक निकायका वेबसाइट परेका छन् ।  

नेपालको राष्ट्रिय पुस्तकालयको वेबसाइट र बोटानिकल सेन्टर बाँकेको वेबसाइट ह्याक गरेका इन्डियन ह्याकरले नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट पनि ह्याक गरेका छन् । नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक गर्दै भारतको झन्डा राखेका छन् । 

 घोस्ट ०५७—५ पि३सी ७०६ नामको ह्याकरले प्राधिकरणको वेबसाइट ह्याक गरेको हो । 

नेपालमा साइबर सुरक्षाको अवस्था कमजोर रहेकाले विभिन्न सरकारी निकायमा भएका विवरणहरू ह्याक हुन सक्ने सम्भावना बढेर गएको साइबर सुरक्षाका विज्ञहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । अहिले सरकारी तथा सार्वजनिक निकायको वेबसाइटहरू भारतीय ह्याकरले निरन्तर ह्याक गर्न थालेपछि नेपालको साइबर सुरक्षामा झन् चुनौती थपिएको छ । 

ह्याकरहरूले निर्वाचन आयोग, आन्तरिक राजस्व विभाग, राष्ट्रिय परिचय–पत्र, अध्यागमन विभाग तथा विभिन्न बैंकलगायत संस्थाहरूसँग रहेको डाटाबेस ह्याक हुने र ह्याक गरेर महत्वपूर्ण विवरण लिन सक्ने सम्भावना रहे पनि ती निकायले साइबर सुरक्षामा खासै ध्यान दिएको देखिँदैन । ह्याकरहरूले ती निकायसँग भएको विवरण ह्याक गर्ने चेतावनी दिइसकेको छ ।


इन्डियन ह्याकरहरूले सरकारी निकायसँग डाटाबेस तथा कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच प्राप्त गरी सूचना सार्वजनिक गरिदिन थालेका छन् । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?