Breaking News

सञ्चय कोषको अनलाईन सापटी, १० लाखसम्म लिन सकिने

May Mon 2020 06:16:21

1476 views

सञ्चय कोषको अनलाईन सापटी, १० लाखसम्म लिन सकिने

कर्मचारी सञ्चय कोषले इन्टरनेटका माध्यमवाट विशेष सापटी सेवा लिन सकिने जनाएको  छ। कोरोना भाईरस कोभिड–१९ को कारणलाई मध्यनजर गर्दै कोषले इन्टरनेटमार्फत आफ्ना ग्राहकलाई अनलाइन सापटी सेवा दिन सूरु गरेको हो।  

क्त सेवा लिन सञ्चयकर्ताले कोषको वेबसाइटमा गई आवेदन फाराम भर्नू पर्नैछ। फाराम भरीसकेपछि स्क्यान कपी अपलोड गरी कोषलाई पठाउनु पर्नैछ।  

सञ्चयकर्ताको फाराम प्राप्त भएपछि सम्वन्धित व्यक्तिको बैंक खातामा रकम जम्मा हुने कोषले जनाएको छ। तर, पहिलो चरणमा ‘विशेष सापटी सेवा’ योग्यता पुगेका र केवाइसी अपडेट गरेका सञ्चयकर्ताले मात्र लिन पाउनेछन्।  

हाल सञ्चयकर्ताले अनलाईन प्रणालीवाट २० हजार देखी १० लाख रुपैयाँसम्म विशेष सापटी लिने सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?