Breaking News

२०२२ सम्ममा डिजिटल युआन मुद्रा ल्याउने तयारी गर्दै चीन

May Thu 2020 01:01:18

713 views

२०२२ सम्ममा डिजिटल युआन मुद्रा ल्याउने तयारी गर्दै चीन

चीनले सन् २०२२ मा डिजिटल युआन मुद्रा ल्याउने तयारी गरिरहेको छ ।   इ-आरएमबी नामक डिजिटल युआन मुद्रासम्बन्धी पाइलट प्रोजेक्टमा चीन यतिखेर जुटिरहेको छ।

चीनको केन्द्रीय बैंक, पिपुल्स बैंक अफ चाइनाले चारवटा ठूला सहर, सेन्जेन, छेङ्दू, सुन्जो र जिओङगाङमा यो परियोजनामा काम सुरु गरिएको छ ।

उक्त परियोजनामा सरकारी कर्मचारीहरुको तलबको केही हिस्सा डिजिटल युआनमा भुक्तानी गरिनेछ ।

यो परियोजनामा म्याकडोनाल्ड, स्टारबक्सजस्ता विभिन्न २० निजी उद्योग व्यवसायहरुले पनि सहभागिता जनाएका छन् ।

यदि यो सफल भएमा सन् २०२२ मा शीतकालीन ओलम्पिकको अवधिसम्ममा चीन सरकारले पूरै देशभर यो डिजिटल मुद्रा जारी गर्न सक्नेछ ।

डिजिटल युआन अमेरिकी डलरसँग दूरी बनाउनेतर्फको एक ठूलो कदम हो । वर्तमानमा अमेरिकी डलर दुनियाँको प्रचलित मुद्रा हो जुन सन् १९७० को दशकको सुरुवातमा गोल्ड स्टाण्डर्डको अन्त्यसँगै सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?