Breaking News

माइक्रोसफ्टमा रोबोट पत्रकार हाजिर भए

May Sun 2020 03:13:26

1355 views

माइक्रोसफ्टमा रोबोट पत्रकार हाजिर भए

काठमाडौं । माइक्रोसफ्ट कम्पनीले आफ्नो एमएसएन वेबसाइटमा कार्यरत पत्रकारहरुलाई हटाएर स्वचालित रोबोट पत्रकार भर्ना गर्ने भएको छ । 

माइक्रोसफ्टले आफ्नो विज्ञप्तीमा भनेको छ, ‘अन्य सबै कम्पनीहरुजस्तै हामीले पनि नियमित रुपमा आफ्नो व्यवसायको मूल्यांकन गर्ने गर्दछौँ । यसबाट कतिपय क्षेत्रमा लगानीमा वृद्ध गर्न तथा कर्मचारीहरुको पुनः खटनपटनमा सहयोग गर्दछ ।’

आफ्नो वेबसाइटमा प्रकाशित गर्ने प्रयोजनका लागि माइक्रोसफ्टले पनि अन्य प्रविधि कम्पनीहरुले जस्तै गरी विभिन्न समाचार एजेन्सीहरुलाई रकम तिर्ने गर्दछ ।

तर समाचार एजेन्सीहरुबाट कुन–कुन समाचार आफ्नो वेबसाइटमा राख्ने भन्ने निर्णय गर्नका लागि भने माइक्रोसफ्टले करारमा पत्रकार भर्ना गर्ने गरेको छ ।

रोबोटलाई पत्रकारका रुपमा भर्ना गर्ने माइक्रोसफ्टको निर्णयसँगै जुन महिनाको अन्त्यदेखि एमएसएन वेबसाइटमा कार्यरत कम्तिमा ५० जना करारका पत्रकारको जागिर जानेछ । यद्यपि पूर्णकालीन पत्रकारको टोली भने यथावत रहनेछ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?