Breaking News

अब घरमै बसेर विद्युत मिटर रिडिङ गर्न सक्ने

May Sun 2020 12:23:29

1624 views

अब  घरमै बसेर विद्युत मिटर रिडिङ गर्न सक्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अब ग्राहकले बिजुलीको मिटर आफै रिडिङ गर्न सक्ने व्यावस्था मिलाएको छ । कोरोना भाइरसका कारण जारी गरिएको लकडाउनका कारण घरघरमा गएर मिटर रिडिङ गर्न नसकेपछि प्राधिकरणले ग्राहकले अनलाइनमार्फत आफ्नो मिटरमा उठेको विद्युत खपतको अंक राख्न पाउने व्यवस्था गरेको हो । 

यस प्रणालीमार्फत मिटर आफ्नो घरको मिटर रिडिङ गर्न ग्राहकले इन्टरनेट ब्राउजरको एड्रेसबारमा कन्जुमर डट एनइए डट ओआरजी डट एनपी (https://consumer.nea.org.np) टाइप गरी इन्टर हानेपछि होमपेज खुल्ने छ । त्यसपछि ग्राहकले पहलो पटक रजिष्ट्रेशन गर्नुपर्ने छ । रजिष्ट्रेशन गर्दा युजरनेममा ग्राहकले आफ्नो मोबाइल नम्बर र पासओर्ड राख्नु पर्ने छ । 

पहिलोपल्ट लगइन गरिसकेपछि रजिष्ट्रेशन गर्दा राखिएको मोबाइल नम्बर र आफूले राखेको पासवर्ड प्रयोग गरी लगइन गर्न सकिने छ । त्यसपछि एड कन्जुमर बटम (Add Consumer Bottom) क्लिक गरी  खुल्ने कन्जुमर रजिष्टे«शन फारममा (Consumer Registration Form) दिइएको निर्देशनअनुसार ग्राहक विवरण भरी दर्ता गर्नुपर्ने छ ।

पहिलोपल्ट विवरण भरेपछि अर्कोपल्ट प्रयोग गर्दा पुनः भर्नुपर्ने छैन । त्यहाँ देखाउने ग्राहकको सूचीमा आफ्नो ग्राहक नम्बरमा क्लिक गरेपछि खुल्ने अनलाइन मिटर रिडिङ इन्ट्रि फारममा आफ्नो घरको विद्युत् मिटरमा देखिएको अंक ‘करेन्ट मिटर रिडिङ फिल्ड’मा टाइप गरी बुझाउनु पर्ने छ ।

मिटरको अंक देखिने गरी फोटो खिची ब्राउज बटम क्लिक गरी फोटो अपलोड गरेर पनि पठाउन सकिने छ । यति गरेपछि  खपत भएको विद्युतको महसुल देखाउने । महसुल विभिन्न अनलाइन भुक्तानीका लागि अनुमतिप्राप्त सेवा प्रदायकमार्फत तिर्न सकिने छ । 

ग्राहकले अनलाइन मिटर रिडिङ प्रणालीमा विद्युत खपतको वास्तविक अंक राख्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?