Breaking News

आइफोन १३ मा पाँच वटा सेन्सरयुक्त प्रविधिका क्यामरा

Jun Tue 2020 08:45:48

1568 views

आइफोन १३ मा पाँच वटा सेन्सरयुक्त प्रविधिका क्यामरा

एप्पलले २०२० को नोभेम्बर सम्ममा आइफोन १३ को १२ सिरिज रिलिज गर्ने भएको छ । आउने आइफोन १३ मा एप्पलले उच्च क्यामरा प्रविधिको अपग्रेड गर्नेछ । आइफोन १३ मा पाँचवटा सम्म क्यामरा सेन्सर हुनेछन्  । एप्पलले उक्त सिरिजका ४ वटा मोडेल बजारमा ल्याउनेछ । आइफोन १२ मा ओएलइडी डिस्प्ले, फाइभ जी कनेक्टिभिटीका साथै सबैभन्दा पछिल्लो बायोनिक चिप प्रयोग हुने बताइएको छ ।

आइफोन १३ मा हुने पाँचवटा क्यामरा मध्ये एउटा क्यामरा ६४ मेगापिक्सेलको वाइड एंगल क्यामेरा हुनेछ । जसमा १ गुणा अप्टिकल जुम र ६ गुणा डिजिटल जुम क्षमता हुनेछ । त्यस्तै अर्को क्यामरा ४० मेगापिक्सेलको टेलिफोटो क्यामेरा रहनेछ भने तेश्रो क्यामरा चाहीँ ६४ मेगापिक्सेलकै एनामोफिर्क लेन्सयुक्त क्यामरा हुनेछ, जुन विशेषगरी भिडियोका लागि प्रयोग हुनेछ । त्यस्तै अर्को क्यामरा ४० मेगापिक्सेलको अल्ट्रा वाइड लेन्सयुक्त र पाँचौ क्यामरा अत्याधुनिक Lidar सेन्सरयुक्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?