Breaking News

अमेरिकी डिभी चिठ्ठाको नतिजा यसरी हेर्नुहोस्

Jun Sat 2020 06:27:26

1200 views

अमेरिकी डिभी चिठ्ठाको नतिजा यसरी हेर्नुहोस्

काठमाडौँ । ‘अमेरिकी डिभी चिठ्ठा’को नतिजा सार्वजनिक भएको छ । गत वर्ष (२०१९) मा भरेको डिभीको नतिजा आज (जुन ६ तारिख न्यूयोर्क समय मध्यान्ह १२ बजेपछि) बजेपछि सार्बजनिक भएको हो । 

‘अमेरिकी डिभी चिठ्ठा’ परे नपरेको हेर्न ‘डिभी’ फारम भर्दाको ‘कन्फर्मेसन’ पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ।ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटमा गई आफ्नो नाम र कन्फरमेसन नम्बर राखेर नतिजा हेर्न सकिन्छ। नतिजा चेक गरेको पैसा लाग्दैन।

इडिभी पर्यो कि परेन भनेर https://dvprogram.state.gov लिंकमा गएर डिभी चिठ्ठाको नतिजा हेर्न सकिन्छ। यो नतिजा ३० सेप्टेम्बर सन् २०२० सम्म चेक गर्न सकिने डिभीप्रोग्राम डट स्टेट डट गोभ ले जनाएको छ ।

ग्रिन कार्ड लोटरी कार्यक्रमअन्तर्गत अमेरिकाले हरेक वर्ष ५० हजार आप्रवासी जनसंख्यालाई स्थायी नागरिकता प्रदान गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?