Breaking News

शेयर बजार फेरि अनलाइनमार्फत कारोवार हुने

Jun Tue 2020 09:45:42

503 views

शेयर बजार फेरि अनलाइनमार्फत कारोवार हुने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विज्ञप्ति जारी गरि अनलाईन कारोबार प्रणालीसँग जोडिई शेयर कारोबार गर्नका लागि युजर नेम र पासवर्ड लिन धितोपत्र दलाल व्यवसायी (ब्रोकर) र लगानीकर्ताहरुलाई अनुरोध गरेको छ । 

 धितोपत्र हस्तान्तरणका लागि सिडिएस एण्ड क्लियरिङ लिमिटेडको मेरो शेयर र रकम हस्तान्तरणका लागि नेपाल क्लियरिङ हाउसको कनेक्ट आइपिएस मार्फत गर्न सकिने व्यवस्था रहेको समेत नेप्सेले बताएको छ । 

रकम हस्तान्तरणका लागि तोकिएको क्लियरिङ बैंक तथा राष्ट्र बैंकबाट विद्युतिय रुपमा रकम हस्तान्तरण सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेका सेवा प्रदायकको आइपिएस मार्फत सहभागिता जनाउन सकिने समेत नेप्सेले प्रष्ट पारेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?