Breaking News

तारकेश्वर पत्रकार मञ्च गठन, पुकार तिमिल्सीनाको अध्यक्षतामा १५ सदस्यीय समिति गठन

Jun Sat 2020 08:48:20

1178 views

तारकेश्वर पत्रकार मञ्च गठन, पुकार तिमिल्सीनाको अध्यक्षतामा १५ सदस्यीय समिति गठन

काठमाडौंको तारकेश्वरमा नगरपालिका स्तरीय साझा पत्रकार संगठन गरिएको छ । तारकेश्वर पत्रकार मञ्च नाम दिइएको सो संगठनको नगरपालिका क्षेत्रभित्रका विविध गतिविधिको प्रचार–प्रसार गर्ने र तारकेश्वर नगरपालिकालाई समृद्ध गर्ने योजनामा सहयोग गर्ने उद्धेश्य रहेको जनाइएको छ ।  भेलाले पुकार तिमिल्सीनाको अध्यक्षतामा एक पछि थप्नेगरी १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

संगठनको उपाध्यक्षमा उद्धवराज भेटुवाल, महासचिव शुसान्त न्यौपाने, सचिव कपिल भण्डारी, कोषाध्यक्ष सबु बस्नेत, सह–कोषाध्यक्ष प्रकाशराज कार्की, सदस्यहरुमा श्रीकृष्ण ढकाल, मोहन अधिकारी, जीवन हमाल, अस्मिता धमला, हरिराम भेटुवाल, जमुना धमला, सुप्रिमा लुइँटेल र सुनिता सिटौला रहेका छन् । समितिको आजै बसेको बैठकले ७ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । जसमा तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहरा, प्रा डा केशवराज खड्का, श्रीराम पुडासैनी, श्रीराम केसी, सागर पण्डित, महेशजंग कुँवर र लक्ष्मीराज भण्डारी रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि स्थानीय विकास राज्यमन्त्री रामविर मानन्धरले पत्रकारले पनि समाजको लागि केही गर्न सक्छन् भन्ने उदाहरण दिन आग्रह गर्दै पेशा कसैको पनि सानो वा ठूलो नहुने भएकोले सरकाले गरेका सकारात्मक कामको सही मुल्यांकन गरी समाचार संप्रेसन गर्न पत्रकारहरुलाई आग्रह गरे । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री भीमसेनदाश प्रधानले हिजो आन्दोलनमा गोलीको प्रवाह नगरी समाचार संप्रेसन गर्ने र जोखिम मोलेर फोटो खिच्ने पत्रकारले अहिलेपनि राज्यको गल्ती कोट्याउन सक्नुपर्ने बताए ।

तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले भौतिक विकास र मानव जीवनमा आइपर्ने सबैखाले समस्यासँग जुध्ने काममा हातेमालो गर्न आफू तयार रहेको बताए ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?