Breaking News

जग्गा कित्ताकाटलाई सहजीकरण, यो वर्ष जग्गाको मूल्य नबढ्ने

Jun Sat 2020 07:28:22

1034 views

जग्गा कित्ताकाटलाई सहजीकरण, यो वर्ष जग्गाको मूल्य नबढ्ने

काठमाडौं । 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको कित्ताकाटलाई सहज बनाउन निर्देशन दिएको छ ।आयोगले मन्त्रालयलाई १० बुँदे सुझाव दिँदै  जग्गाको आधुनिक नापी नक्सा प्रणाली अनुसार लगत राख्ने र कित्ताकाटलाई सहज बनाउन यस्तो  निर्देशन गरेको छ । 

मन्त्रालयको निर्णयमा कृषियोग्य जग्गाको मात्र खण्डीकरण नियन्त्रण गर्ने भनिए तापनि जनमानसमा भने सबै प्रकारका जग्गाको कित्ताकाट रोक्का गरिएको हो भन्ने भ्रम अद्यापि कायम रहेको देखिएको,

मन्त्रालयको निर्णयमा एक आर्थिक बर्षमा एउटा कित्ता एकपटक मात्र कित्ताकाट गर्न पाउने व्यवस्था रहे तापनि सो बारेमा सर्वसाधारणलाई सम्बन्धित निकायबाट सही सूचना दिने तथा सु९सूचित गराउने कार्य भएरगरेको नदेखिएको, 

 कोरोना भाइरसका कारण भएको लकडाउनले आर्थिक क्रियाकलाप शिथिल बनेसँगै आगामी आर्थिक वर्षको लागि सरकारले तोक्ने जग्गाको न्यूनतम मूल्यलाई यथावत राखिने भएको छ ।

अघिल्लो वर्ष काठमाडौं उपत्यकामा आनाको १० लाखसम्मले सरकारको न्यूनतम मूल्य बढेको थियो ।

सरकारले राजस्व प्रयोजनका लागि न्यूनतम मूल्य तोकेपनि कारोबार भने त्यती रकममा हुने गर्दैन ।

काठमाडौं उपत्यकामा सबैभन्दा महंगो जग्गा सरकारी मूल्यांकनमा न्यूरोड,दरबारमार्ग, त्रिपुरेश्वरमा आनाको ६० लाख मूल्यांकन गरेको छ । जबकी योभन्दा बढी मूल्यमा बजारमा सो क्षेत्रमा जग्गाको कारोबार हुने गरेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसारयस वर्षको लागि नगन्य स्थानमा मात्र मूल्य बढेपनि अधिकाशं स्थानमा जग्गाको न्यूनतम मूल्यांकन बढ्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?