Breaking News

Safety Lock फेसबुक मेसेन्जरमा बायोमेट्रिक फिचर आउँदैछ

Jun Sun 2020 07:38:58

1430 views

Safety Lock फेसबुक मेसेन्जरमा बायोमेट्रिक फिचर आउँदैछ

फेसबुकले आफ्नो मेसेन्जर एपका लागि नयाँ फिचरको परीक्षण गरिरहेको छ । उक्त फिचरका कारण मेसेन्जर एप थप सुरक्षित बन्नेछ ।

Engadget काे रिपोर्ट अनुसार उक्त नयाँ फिचर अन्तरगत मेसेन्जरमा एपमा बायोमेट्रिक अथेन्टिकेसन टूल प्राप्त हुनेछ । प्रयोगकर्ताले फेस आईडी तथा फिंगरप्रिन्टका माध्यमबाट त्यसको प्रयोग गर्न सक्नेछन् । 

यो फिचरका सहायताले प्रयोगकर्ताले एपमा ‘लक’को समयतालिका समेत तय गर्न सक्दछन् । जसका लागि ४ वटा अप्सन हुनेछन् । पहिलो विकल्पका रुपमा After I leave messenger रहेको छ । अर्थात् जब प्रयोगकर्ता मेसेन्जर एपबाट बाहिरिन्छन् तब एप आफै लक हुनेछ । यसका अलावा प्रयोगकर्ताका लागि १ मिनेट, १५ मिनेट तथा १ घण्टामा एप लक हुने विकल्प पनि उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?