Breaking News

५ वर्षमा ७ करोड स्मार्टवाच प्रयोगकर्ताको हातमा

Jun Sun 2020 07:49:25

1187 views

५ वर्षमा ७ करोड स्मार्टवाच प्रयोगकर्ताको हातमा

एप्पलले ५ वर्षमा ७ करोड एप्पलको स्मार्टघडी एप्पल वाच बिक्री गरेको छ ।  सन् २०१५ को अप्रिलमा पहिलोपटक स्मार्टघडी सार्वजनिक गरेको थियो । एप्पलको लेटेस्ट पाँचौँ संस्करणको एप्पल 

 वाचले बजारमा लोकप्रियता हासिल गरिरहेको छ ।

रिपोर्टअनुसार सन् २०२० को पहिलो त्रैमासिकमा विश्वमा एक करोड ४३ लाख गोडा स्मार्टवाच बिक्री भएका छन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढी हो । सन् २०१९ को पहिलो त्रैमासिकमा विश्व बजारमा एक करोड २७ लाख गोटा स्मार्टवाच बिक्री भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?