Breaking News

मन्त्रीको जुम भर्चुअल मिटिङमा पोर्न भिडियो आएपछि

Jun Mon 2020 05:35:16

1173 views

मन्त्रीको जुम भर्चुअल मिटिङमा पोर्न भिडियो आएपछि

काठमाडौं । नेपाल पर्यटन बोर्डले आयोजना गरेको  ‘जुम एप’ भर्चुअल बैठकमा एक्कासी पोर्न भिडियो बजेपछि हंगामा भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई  भर्चुअल कार्यक्रममा मन्त्री बोल्न सुरु गरेपछि एक्कसी पोर्न भिडियो बजेको हो । 

भर्चुअल मिटिङमा अनधिकृत रुपमा आएको  ‘ह्यारिस’ नामको आईडीबाट यस्तो गतिविधि भएको हो ।

पर्यटनमन्त्री भट्टराईले नेपालमा पर्यटन व्यवसायीहरू समस्यामा रहेको, मजदुरले रोजीरोटी गुमाएको सन्दर्भ सुनाउँदा सुनाउँदै वेबिनारमा पोर्न भिडियो देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?