Breaking News

आइसीटी अवार्ड २०२० कस कसले पाउदैछन्

Jun Tue 2020 10:30:34

1661 views

आइसीटी अवार्ड २०२० कस कसले पाउदैछन्

‘आइसिटी अवार्ड’को पाँचौं संस्करणको अनलाइन नोमिनेसन सुरु भएको छ । लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाहरूको सहकार्यमा आयोजना हुने आइसिटी अवार्ड २०२० को अनलाइन आवेदन साउन १६सम्म खुल्ला गरिएको छ ।

आइसिटी अवार्ड २०२० का उत्कृष्ट ५ स्टार्टअप कम्पनीहरु

यस वर्ष विभिन्न ११ विधामा आइसिटी अवार्ड आयोजना हुनेछ । इन्नोभेसन इन क्राइसिस रेसपोन्स आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड थप गरिएका नयाँ विधाहरू हुन् ।

आइसिटी अवार्ड २०२० उत्कृष्ट ५ प्रोडक्टहरु


स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड विधाहरु इन्नोभेसन, प्रडक्ट र स्टार्टअपसँग सम्बन्धित अवार्ड विधाहरू हुन् । यसैगरी पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी र मिडिया पर्सन आइसिटी अवार्ड व्यक्तिलाई प्रदान गरिने अवार्डका विधाहरू रहेका छन् ।

डिजिटल गभर्नेन्स आइसिटी अवार्ड सरकारी संस्था र डिजिटल एजुकेसन आइसिटी अवार्ड सामुदायिक शैक्षिक संस्थानहरूलाई प्रदान गरिने अवार्ड विधाहरू रहेका छन् ।

१. आइसिटी स्टार्टअप अवार्ड

आइटी प्रडक्ट, सर्भिस तथा इन्नोभेसन क्षेत्रमा काम गरिरहेका कम्पनीहरूलाई प्रवर्द्धन र प्रोत्साहन गर्ने यो अवार्डमा सहभागी हुन नेपालको प्रचलित कानुनअनुसार कम्पनी दर्ता भएर सञ्चालनमा रहेको हुनुपर्नेछ ।

यस विधामा विगत ३ वर्ष (आर्थिक वर्ष २०७४/०७५ देखि २०७६/०७७) को अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्नेछन् ।

२. आइसिटी प्रोडक्ट अवार्ड

आइसिटी प्रोडक्ट अवार्डमा कुनै नेपाली कम्पनी, संस्था, समूह वा व्यक्तिले विकास गरेको आइटी प्रोडक्टलाई नोमिनेसन दर्ता गराउन सकिनेछ । २०७६ वैशाखदेखि २०७६ चैत मसान्तसम्म सार्वजनिक भएका आइटी प्रोडक्टहरूलाई लिएर यस विधामा नोमिनेसन दर्ता गर्न सकिन्छ ।

३. राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड

राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड उच्च शिक्षा तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि लक्षित अवार्ड हो । यस विधामा विद्यार्थीहरूले बनाएका आइटी प्रोजेक्ट तथा प्रोडक्टहरूलाई समावेश गर्न सकिन्छ ।

४. इन्नोभेसन इन क्राइसिस रेसपोन्स आइसिटी अवार्ड

कोभिड – १९ महामारीद्वारा सिर्जित समस्याको नियन्त्रण तथा समाधान गर्ने प्रयास स्वरूप विकास भएका नयाँ इन्नोभेसनहरूलाई यस विधामा नोमिनेशन गर्न सकिनेछ ।

संकट समाधानमा इन्नोभेसन र प्रविधिको महत्वलाई दर्शाउने गरी विकास भएका यस्ता विभिन्न एप्लिकेसन, सफ्टवेयर, हार्डवेयर, रोबोटजस्ता प्रविधिहरू यस विधाको लागि योग्य मानिनेछन् ।

यस विधामा नोमिनेसन (आवेदन) दिनका लागि माघ २०७६ देखि आवेदनको अन्तिम दिनसम्म सार्वजनिक भएका प्रविधि तथा इन्नोभेसनहरू हुनुपर्नेछ ।

५. पायोनियर आइसिटी अवार्ड

यो अवार्ड सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा लामो समयसम्म योगदान दिएका विशिष्ट व्यक्तिलाई दिइनेछ ।

यो अवार्डमा सूचना प्रविधि क्षेत्रमा विगत १५ वर्षदेखि योगदान दिइरहेका व्यक्तिहरूले आवेदन दिन सक्नेछन् । यस विधामा स्वयं‌ वा अरू कसैले पनि सम्बन्धित व्यक्तिको नाममा नोमिनेसन (आवेदन) दिन सकिनेछ ।

६. नेपाली डायस्पोरा आइसिटी अवार्ड

नेपाली मूलका व्यक्ति, जो विदेशमा बसेर पनि देशको सूचना प्रविधिको क्षेत्रमा दिइरहेको योगदानलाई उच्च कदर गर्दै यो अवार्ड दिइनेछ  । यस विधामा विदेशमा रहेर पनि सूचना प्रविधि क्षेत्रमा योगदान दिइरहेका नेपालीहरूले आवेदन दिन सक्नेछन् । यस विधामा स्वयं वा अरू कसैले सम्बन्धित व्यक्तिको नाममा नोमिनेसन (आवेदन) दिन सकिनेछ ।

७. इन्टरप्रेनर आइसिटी अवार्ड

आन्टरप्रेनर आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रमा क्रियाशील नेपाली उद्यमीलाई दिइनेछ ।

यस विधामा नोमिनेसन दर्ता गर्न सूचना प्रविधिको क्षेत्रको उद्यमीको रुपमा कम्तीमा ५ वर्षदेखि क्रियाशील रहेको हुनुपर्नेछ । यस विधामा स्वयं वा अरू कसैले सम्बन्धित व्यक्तिको नाममा सम्पूर्ण विवरण उल्लेख गरी नोमिनेसन (आवेदन) दिन सकिनेछ ।

८. वुमन आइकन आइसिटी अवार्ड

वुमन आइकन आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाहरूको लागि लक्षित छ । आइटी क्षेत्रमा क्रियाशील महिला (उद्यमी, लिडर, म्यानेजर, इन्नोभेटर)हरूले यसमा आवेदन दिन सक्नुहुनेछ ।

यस विधामा स्वयं वा अरू कसैले सम्बन्धित व्यक्तिको नाममा सम्पूर्ण विवरण उल्लेख गरी नोमिनेशन (आवेदन) दिन सकिनेछ ।

८. मिडिया पर्सन आइसिटी अवार्ड

यो अवार्ड सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई मुख्य बिट बनाएर समाचार रिपोर्टिङ, सम्प्रेषण, प्रकाशनमा क्रियाशील पत्रकारलाई दिइनेछ ।

कम्तीमा ३ वर्षको अनुभव भएका पत्रकारहरूले यसमा आवेदन दिन सक्नुहुनेछ । यस विधामा स्वयं वा अरू कसैले सम्बन्धित व्यक्तिको नाममा सम्पूर्ण विवरण उल्लेख गरी नोमिनेसन (आवेदन) दिन सकिनेछ ।

९. डिजिटल एजुकेसन आइसिटी अवार्ड

डिजिटल एजुकेसन आइसिटी अवार्ड शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउन प्रोत्साहन गर्ने उद्देश्यले सरकारी तथा सामुदायिक शैक्षिक संस्थानलाई  प्रदान गरिन्छ ।

विद्यालय, क्याम्पस लगायतका शैक्षिक संस्थानहरूले यो विधामा आवेदन दिन सक्नेछन् । यस विधामा जो कोहीले सम्पूर्ण जानकारी उल्लेख गरेर नोमिनेसन (आवेदन) फारम बुझाइदिन सकिन्छ ।

१०. डिजिटल गभर्नेन्स आइसिटी अवार्ड

सरकारी सेवा सुविधालाई प्रविधिमैत्री बनाउँदै छिटो, सहज र पारदर्शी रूपमा सेवा सञ्चालन गर्ने सरकारी संस्थालाई यो अवार्डबाट सम्मान गर्ने गरिन्छ ।

नागरिकलाई सेवा दिने सरकारी सस्था, प्राधिकरण, विभाग, स्थानीय निकायलगायतको प्रतिनिधित्व गर्दै यस विधामा नोमिनेसन दिन सकिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?