Breaking News

२०२० को डिभी लोटरीमा छनौट भएकाले भिसा नपाउने

Jun Thu 2020 07:09:35

849 views

२०२० को डिभी लोटरीमा छनौट भएकाले भिसा नपाउने

काठमाडौँ । सन् २०२० का लागि डिभी लोटरीका लागि छनौट भएकाहरुले भिसा नपाउने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को अन्त्यसम्मका लागि कामदार भिसा र अधिकांश आप्रवासी भिसामा रोक लगाएसँगै डिभीमा छनौट भएकाहरुले भिसा नपाउने भएका हुन्।

कोरोना महामारीका कारण अप्रिल २३ देखि लागु गरिएको आप्रवासन भिसाको प्रतिबन्ध बढाएर डिसेम्बर अन्त्यसम्म बनाइएको छ। २०२० को डिभी लोटरीका लागि छनौट भएका २६ सय बढी नेपाली भिसाको प्रतिक्षामा थिए। उनीहरुले आगामी सेप्टेम्बरको अन्त्यसम्म भिसा पाइसक्नुपर्ने नियम भएपनि डिसेम्बरको अन्त्यसम्म लगाएको आप्रवासन रोकले उनीहरुले भिसा नपाउने निश्चित भएको हो। सेप्टेम्बरसम्म भिसा नपाएपछि सन् २०२० को डिभी समाप्त हुने नियम रहेको छ।

सन् २०२१ को डिभीका लागि छनौट भएकाहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्ने नियम रहेपनि आप्रवासन रोकका कारण भिसा कम्तीमा जनवरीसम्मका लागि स्थगित भएको छ। सन् २०२० को डिभी लोटरीका लागि भिसा फर्म भरेर अन्तरवार्ताका लागि मात्र कुरेकाहरुको सन्दर्भमा भिसा शुल्क के हुने भन्नेबारे भने खुलाइएको छैन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?