Breaking News

Mobile Banking मोबाइल बैंकिङमार्फत एक लाख र इन्टरनेट बैंकिङमार्फत १० लाख भुक्तानी गर्न सकिने

Jun Thu 2020 07:32:05

610 views

Mobile Banking  मोबाइल बैंकिङमार्फत एक लाख र इन्टरनेट बैंकिङमार्फत १० लाख भुक्तानी गर्न सकिने

- भरतराज उप्रेती

कनेक्ट आईपीएसमार्फत शेयर कारोबारको भुक्तानी गर्दा विद्यमान सीमा लागू नहुने भएको छ । 

हाल मोबाइल बैंकिङमा प्रतिदिन एक लाख, प्रतिमहिना १० लाख तथा इन्टरनेट बैंकिङमा प्रतिदिन १० लाख र प्रतिमहिना ३० लाख रुपैयाँ बराबर कारोबार गर्न पाइन्छ । राष्ट्र बैंकले शेयर कारोबारका लागि यही सीमा लागू नहुने व्यवस्था गरेको हो ।

नयाँ व्यवस्थाअनुसार अब सेयर कारोबारमा मोबाइल बैंकिङमार्फत प्रतिपटक १ लाख र इन्टरनेट बैंकिङमार्फत प्रतिपटक १० लाख रुपैयाँ भुक्तानी गर्न सकिनेछ । यसको अर्थ उल्लिखित सीमामा रहेर लगानीकर्ताले एक दिनमा जति पटक पनि कारोबार गर्न सक्नेछन् । राष्ट्र बैंकले सेयर कारोबारमा सीमा हटाए पनि जोखिमको आकलन गरी बैंक तथा वित्तीय संस्थाले भने सीमा तोक्न पाउनेछन् । 

हाल मोबाइल बैंकिङ ‘क्यूआर’ कोडमार्फत दैनिक १ लाखसम्म कारोबार गर्न पाइन्छ । मासिक सीमा १० लाख छ । मर्चेन्टद्वारा गरिने इन्टरनेट बैंकिङको कारोबार सीमा प्रतिदिन १० लाख रुपैयाँ छ । मासिक रूपमा ३० लाखसम्मको कारोबार गर्न सकिन्छ ।

इन्टरनेट बैंकिङ एकाउन्ट ट्रान्सफरमा १० लाख दैनिक कारोबार गर्न मिल्छ भने मासिक सीमा ५० लाख रुपैयाँ छ । वालेटमार्फत गरिने कारोबारमा एजेन्ट वा सबएजेन्टबाट दैनिक २५ हजार र महिनाको १ लाख, बैंक खाताबाट वालेटमा एक पटकमा २५ हजार, दैनिक १ लाख र मासिक ५ लाखको सीमा कायम गरिएको छ । वालेटबाट अन्य बैंक खातामा प्रतिकारोबार २५ हजार, एक दिनमा १ लाख र महिनामा ५ लाखसम्म कारोबार गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?