Breaking News

आयो स्मार्ट मास्क, मास्कबाटै फोन गर्न सकिने

Jun Sat 2020 07:40:15

958 views

आयो स्मार्ट मास्क,  मास्कबाटै फोन गर्न सकिने

जापानको एउटा कम्पनीले स्मार्ट मास्क बनाएको छ । अनुहारमा लगाउन मिल्ने स्मार्ट मास्कमा ब्लुटुथ समेत जडान गरिएको छ ।

उक्त स्मार्ट फेस मास्कबाट मेसेज पठाउन सकिने, फोनकल गर्न सकिने तथा जापानी भाषाबाट अन्य विभिन्न ८ भाषामा अनुवाद समेत गर्न सकिन्छ ।

डोनट रोबोटिक्सले तयार गरेको सो मास्कको नाम सि मास्क राखिएको छ । सेतो प्लास्टिकबाट बनेको उक्त मास्कमा ब्लुटुथ कनेक्सन रहेको छ ।

ब्लुटुथबाटै सो मास्कलाई एउटा एपको सहायताले स्मार्टफोन तथा ट्याब्लेटसँग जोड्न सकिन्छ । सो एपले बोलीलाई शव्दमा समेत रुपान्तरण गर्दछ । साथै सो मास्कले व्यक्तिले बोलेको शव्दको आवाजलाई समेत ठूलो बनाइदिन्छ । उक्त मास्कलाई अर्को सामान्य मास्कभन्दा माथि समेत लगाउन सकिन्छ ।

सो मास्कको सुरुवाती मूल्य ४० डलर तोकिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?