Breaking News

माइक्रोसफ्ट पनि अनलाइनमा, विश्वभरका स्टोरहरु बन्द गर्ने घोषणा

Jun Sat 2020 07:51:09

527 views

माइक्रोसफ्ट पनि अनलाइनमा, विश्वभरका स्टोरहरु बन्द गर्ने  घोषणा

अमेरिकी कम्पनी माइक्रोसफ्टले विश्वभर रहेका आफ्ना ८३ वटा रिटेल स्टोरहरु सधैका लागि बन्द गर्ने घोषणा गरेको छ ।

माइक्रोसफ्टले एक विज्ञप्ति जारी गर्दै अबदेखि अनलाइन स्टोरमा ध्यान केन्द्रित गर्ने जनाएको छ ।

रिटेल स्टोर बन्द गरेसँगै त्यहाँ कार्यरत कर्मचारीहरुलाई अनलाइन बिक्री तथा सहायता सम्बन्धि तालिम दिइने र ग्राहकहरुलाई अनलाइनमार्फत पहिले जस्तै सेवाको अनुभव प्रदान गरिने माइक्रोसफ्टले जनाएको छ ।

माइक्रोसफ्टका अनुसार अब केवल चारवटा मात्र स्टोर खुल्ला रहनेछन् र तिनमा समेत उसका प्रडक्टको बिक्री वितरण हुने छैन र केवल अनुभव केन्द्रको रुपमा प्रयोग गरिनेछ ।

विद्यमान परिवर्तित परिस्थितिमा अब डिजिटल स्टोरमा केन्द्रित हुने र लगानी समेत गर्ने माइक्रोसफ्टको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?