Breaking News

एनआसी लघुबित्तको आइपीओ बाँडफाँड आइतबार, सबैले १० कित्ता शेयर पाउने

Jul Wed 2020 06:23:58

925 views

एनआसी लघुबित्तको आइपीओ बाँडफाँड आइतबार, सबैले १० कित्ता शेयर पाउने

काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको साधारण सेयरको प्रि- अलटमेन्ट बिहीबार बाँडफाँड हुने भएको छ । यस्तै अन्तिम बाँडफाँड भने आइतबार हुने भएको छ ।

संस्थाको आईपीओमा आवेदन दिने लगानीकर्तामध्ये सबैले १० कित्ता सेयर पाउने भएका छन् भने केही लगानीकर्ताले भने २० कित्ता पनि पाउने सम्भावना छ ।

लघुवित्तको आइपीओमा ४ लाख १४ हजार १८० जनाले २ करोड २० लाख ६६ हजार ३९० कित्ताको लागि २ अर्ब ३० करोड ६६ लाख ३९ हजार रुपैयाँको आवेदन दिएका छन् । कम्पनीले ४७ करोड ५५ लाख रुपैयाँको ४७ लाख ५५ हजार कित्ता आइपीओ खुला गरेको थियो ।का लागि बिक्री खुला गरिएको विक्री प्रबन्धन सानिमा क्यापिटलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?