Breaking News

आईपीओ साधाना लघुवित्तको असार २१ देखि, १ हजार कित्तासम्म भर्न मिल्ने

Jul Wed 2020 05:31:56

1005 views

आईपीओ साधाना लघुवित्तको असार २१ देखि,  १ हजार कित्तासम्म भर्न मिल्ने

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको आईपीओ असार २१ गतेदेखि निष्काशन हुने भएको छ 

उक्त आईपीओमा छिटोमा असार २४ र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सकिने छ ।  कम्पनीकाअनुसार आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।

लघुवित्तले प्रति कित्ता रु. १०० मा ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । त्यसमा१० हजार ८९० कित्ता कर्मचारीको लागि र ३५ हजार ३९० कित्ता सामुहिक लगानीको कोषको लागि छुट्याएको छ ।

लघुवित्तको यस आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ, जसले लघुवित्तको आधारभुत पक्ष औषतभन्दा पनि तल भएको बताउछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?