Breaking News

सोसल मिडियाका तस्वीर गुगल फोटोमा स्टोर नहुने

Jul Sat 2020 11:28:37

850 views

सोसल मिडियाका तस्वीर गुगल फोटोमा स्टोर नहुने

 सोसल मिडियाका तस्वीर तथा भिडियोहरुलाई गुगल फोटोज एपमा स्वचालित रुपमा संग्रहित गर्ने कार्य गुगलले बन्द गर्ने भएको छ ।

कोरोना भाइरस महामारीका बेला प्रयोगकर्ताहरुले बढीभन्दा बढी फोटो तथा भिडियोहरु शेयर गरेको भन्दै इन्टरनेट श्रोतलाई बँचाउनका लागि यस्तो निर्णय गर्नुपरेको गुगलले जनाएको छ ।

गुगल फोटोजले प्रयोगकर्ताको डिभाइसको स्टोरेज ओगट्नुका साथै ब्याण्डविथ समेत उल्लेख्य रुपमा उपयोग गर्ने गर्दछ ।

सोसल मिडियाका सामाग्रीहरु गुगल फोटोजमा संग्रहित नहुने पछिल्लो निर्णयबाट यी एपहरु प्रभावित हुने बताइएको छ :

Facebook

§  Helo

§  Instagram

§  LINE

§  Messages

§  Messenger

§  Snapchat

§  Twitter

§  Viber

§  WhatsApp

यद्यपि यसअघि नै गुगल फोटोमा ब्याकअप भैसकेका फोटो तथा भिडियोमा भने कुनै असर पर्नेछैन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?