Breaking News

चितवनमा फेसबुक लाइभ गरेर आत्महत्या गर्ने युवती को हुन् ?

Jul Sun 2020 09:53:13

693 views

चितवनमा फेसबुक लाइभ गरेर आत्महत्या गर्ने  युवती को हुन् ?

 सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेर चितवनमा पनि एकजना युवतीले आत्महत्या गरेकी छन् । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार शनिबार राति पौने ९ बजेतिर भरतपुरको स्याउली बजारमा एकजना १९ वर्षीया युवतीले झण्डिएर आत्महत्या गरेकी हुन् ।

उनले फेसबुकमा लाइभ भएर आत्महत्या गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुभास भट्टले जानकारी दिए ।

भरतपुर महानगरपालिका घर भएकी ती युवतीले भरतपुरमा बसेर उनले ब्युटि पार्लर र अनलाइन व्यवसायको काम गर्दै आएको प्रहरी निरीक्षक भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?