Breaking News

अब विश्वविद्यालयले विद्यार्थीलाई भर्चुअल विधिबाट परीक्षा लिन सक्ने

Jul Mon 2020 05:53:26

503 views

अब विश्वविद्यालयले विद्यार्थीलाई भर्चुअल विधिबाट परीक्षा लिन सक्ने

उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारूप–२०७७ स्वीकृत गरी विश्वविद्यालय अनुदान आयोगले यसको निर्देशिकासमेत जारी गरेको छ । यसले अब स्थगित भएका परीक्षा भर्चुअल अनलाइनबाट सञ्चालन गर्न विश्वविद्यालयहरूलाई वैकल्पिक बाटो खुलेको छ । 

कोरोना भाइरस रोगले लामो समयदेखि विश्वविद्यालयको पठनपाठन, अनुसन्धान, परीक्षा र मूल्याङ्कनका लागि उत्पन्न अवरोध हटाउन यस खालको निर्देशिका जारी गरिएको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ । 

निर्देशिकाअनुसार अब विश्वविद्यालयहरूले सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीलाई भर्चुअल विधिबाट परीक्षा लिन सक्नेछन् भने कुनै कारणवश परीक्षा लिन नसकिएको अवस्थामा आन्तरिक मूल्याङ्कनका आधारमा माथिल्लो सेमेस्टर कक्षामा पठाउन सकिने छ ।

विगत जस्तो तीन घण्टा बन्द कोठामा बसेर विद्यार्थीसँग परीक्षा लिन सक्ने अवस्था नभएका कारण पनि परीक्षा लिने नयाँ विकल्प खोजिएको आयोगका अध्यक्ष प्रा. भीमप्रसाद सुवेदीले बताए ।

कुनै विषयको प्रयोगात्मक परीक्षा लिन नसकिएको अवस्थामा पनि अर्को सेमेस्टरमा लिन सकिने गरी अगाडि बढ्न सक्ने सुवेदीले बताउनुभयो । धेरै विद्यार्थी अध्ययन गर्ने विश्वविद्यालय तथा विषयको हकमा भने आफूहरूले विभिन्न विकल्प प्रस्तुत गरेको जानकारी उहाँले दिनुभयो । सोअनुसार सम्भव भए सामाजिक दूरी कायम गरेर परीक्षा लिन पनि विश्वविद्यालयहरूले सक्नेछन् । परीक्षा लिन सम्भव नभएको अवस्थामा परीक्षाको मोडल तथा प्रश्नपत्रको प्रकृति परिवर्तन गरेर पनि परीक्षा लिन सकिने व्यवस्था गरिएको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?