Breaking News

संसारकै महंगो मेमोरी ड्राइभः मूल्य ४० हजार डलर, १०० टिबी क्षमता

Jul Fri 2020 08:12:38

847 views

संसारकै महंगो मेमोरी ड्राइभः  मूल्य ४० हजार डलर, १०० टिबी क्षमता

अमेरिकी डाटा स्टोरेज कम्पनी निम्बुस डाटाले विश्वकै सबैभन्दा महंगो स्टोरेज ड्राइभ बजारमा ल्याएको छ ।

१ सय टेराबाइट स्टोरेज क्षमताको उक्त सोलिड स्टेट ड्राइभ (एसएसडी) को मूल्य ४० हजार अमेरिकी डलर तोकिएको छ ।

सो मेमोरी स्टोरेज ड्राइभको नाम Nimbus Data ExaDrive DC100 SSD हो । त्यसमा एण्ड टू एण्ड डाटा प्रोटेक्सन प्रविधि समेत रहेको हुँदा संग्रहित डाटाहरु सुरक्षित रहने बताइएको छ ।

कम्पनीका अनुसार उक्त स्टोरेज ड्राइभ विशेष गरी औद्योगिक तथा सैन्य प्रयोजनका लागि डिजाइन गरिएको हो । यसले अधिकतम विश्वसनीयता, उच्च घनत्व तथा न्यूनतम उर्जा खपत गर्ने कम्पनीको दाबी छ । यस ड्राइभमा क्लाउड स्टोरेज, बिग डाटा, डिजिटल इमेजिङ, आर्टिफिसियल इन्टेलिजेन्स तथा टेक्निकल कम्प्युटिङ जस्ता एप्लिकेसनहरु रहेको बताइएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?