Breaking News

एप्पलको सस्तो आईफोन एसई 2020 नेपालमा, मूल्य ७६ हजार ५०० रुपैयाँ

Jul Sat 2020 07:07:57

1323 views

एप्पलको सस्तो आईफोन एसई 2020  नेपालमा, मूल्य  ७६ हजार ५०० रुपैयाँ

प्पलको लागि नेपालको आधिकारिक बितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्रालिले अर्को सातादेखि आईफोन एसई २०२० नेपाली बजारमा उपलब्ध गराउने भएको छ ।

नेपालमा आईफोन एसई ६४ जीबी, १२८ जीबी र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । नेपालमा आईफोन एसईको सबैभन्दा सस्तो मूल्य ६८ हजार ५ सय रुपैयाँ रहेको छ । 

त्यस्तै १२८ जीबी स्टोरेज भेरियन्टमा रहेको आईफोन एसईको मूल्य ७६ हजार ५०० रुपैयाँ तोकिएको छ । भने २५६ जीबी स्टोरेज भेरियन्टमा रहेको आईफोन एसईको मूल्य ९२ हजार ५ सय रुपैयाँ पर्ने बताइएको छ । 

४.७ इन्च रेटिना एचडी डिस्प्ले रहेको यो फोन सन् २०१६ मा सार्वजनिक भएको आइफोन ८ जस्तै रहेको छ । यसमा ए १३ बोयोनिक प्रोसेसरको प्रयोग गरिएको छ । जसलाई कम्पनीले फास्टेस्ट स्मार्टफोन चीप भनेर दाबी गरेको छ ।

यो कालो, रातो र सेतो रङमा उपलब्ध रहेको छ । फोनमा होम बटन सहित फास्ट चार्जिङको समेत सुविधा रहेको छ । यसमा ३० मिनेटमा ५० प्रतिशतसम्म चार्ज हुने एप्पलको भनाई छ । 

यस फोनमा एप्पलले १२ मेगापिक्सेलको सिंगल क्यामेरा राखेको छ ।  जुन क्यामेराले फोर के भिडियो क्याप्चर गर्न सकिन्छ । आइफोन एसईमा ७ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । 

आईफोन एसईसँगै कम्पनीले १३ इन्चको म्याक बुक प्रो, आइफोन इलाभेन, इलोभेन प्रो, म्याक्स र आईप्याड २०२० पनि सार्वजनिक गर्ने बताएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?