Breaking News

मर्जमा जाने बैंक तथा वित्तीय संस्थालाई बम्पर छुटको व्यवस्था मौद्रिक नीतिमा

Jul Sat 2020 02:40:50

534 views

मर्जमा जाने बैंक तथा वित्तीय संस्थालाई बम्पर छुटको व्यवस्था मौद्रिक नीतिमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत मर्जमा जाने बैंक तथा वित्तीय संस्थालाई विशेष छुटको व्यवस्था गरेको छ । राष्ट्र बैंकले २०७८ मा मर्जरको प्रक्रिया शुरु गरि २०७९ सम्म एकिकृत कारोबार गर्ने वाणिज्य बैंकलाई अनिवार्य नगद तरलता अनुपात (सीआरआर) ०.५ प्रतिशत र एसएलआर (वैधानिक तरलता अनुपात) मा १ प्रतिशत बिन्दुले छुट दिने व्यवस्था गरेको छ । यसरी मर्ज हुने बैंकलाई राष्ट्रले तोकेको संस्थागत मुद्दती निक्षेपमा १० प्रतिशत विन्दुले थप गरिदिने भएको छ । राष्ट्र बैंकले तोकेको प्रतिसंस्था निक्षेप संकलन सीमा ५ प्रतिशत बिन्दुले थप गरिने छ । 

यसरी मर्जमा गएका बैंकका कर्मचारीलाई कुनिङ पिरेड नलाग्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । त्यसरी नै क्रस होल्डिङ लगानी रहेका वित्तीय  संस्थालाई एक अर्काका गाभ्न तथा गाभिन राष्ट्र बैंकले निर्देश गरेको छ । राष्ट्र बैंकले दिएको जानकारी अनुसार हाल सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थामा करिब केही तिहाइ लगानी क्रस होल्डिङको रहेको अनुमान गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?