Breaking News

फेसबुक म्यासेन्जरमा स्क्रिन सेयरिङ सुविधा, कुराकानी भएका बेला प्रयोग गर्न सकिने

Jul Tue 2020 09:55:18

776 views

फेसबुक म्यासेन्जरमा स्क्रिन सेयरिङ सुविधा, कुराकानी भएका बेला प्रयोग गर्न सकिने

फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ । मोबाइल फोन वा ट्याब्लेटबाट प्रयोग गर्न सकिनेगरी फेसबुकले स्क्रिन सेयर गर्न सकिने नयाँ सुविधा सुरू गरेको हो ।

त्यस्तो सुविधा एन्ड्रोएड र आइओएस मोबाइलबाट प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ । फेसबुकको म्यासेन्जर रुम वा ग्रुप च्याटमा एकभन्दा बढी व्यक्ति बीचमा कुराकानी भएका बेला यो सुविधा प्रयोग गर्न सकिनेछ ।

अहिले फेसबुक एप प्रयोगकर्ताहरुले सामुहिक कुराकानी (ग्रुप च्याट)मा आठ जना र म्यासेन्जर रुममा १६ जनाले स्क्रिन सेयर गर्न सक्ने सुविधा राखिएको छ । कम्पनीले चाडै नै म्यासेन्जर रुममा ५० जनासम्मका बीचमा स्क्रिन सेयर गर्नसक्ने व्यवस्था गर्न लागेको पनि जनाएको छ ।

यो सुविधा प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो मोबाइल वा ट्याबलेटमा म्यासेन्जरको नयाँ भर्सन डाउनलोड पर्नेछ । स्क्रिन सेयर गर्नका लागि म्यासेन्जरको नयाँ संस्करणमा देखिने ‘सेयर योर स्क्रिन’, ‘स्टार्ट सेयरिङ’ र ‘स्टार्ट ब्रोडकास्ट’ लेखेको ठाउँमा क्रमशः क्लिक गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?