Breaking News

पोस्टपेडमा रिचार्ज गर्दा पनि २ प्रतिशत शुल्क लाग्ने

Jul Tue 2020 06:23:30

361 views

पोस्टपेडमा  रिचार्ज गर्दा पनि २ प्रतिशत शुल्क लाग्ने

काठमाडौं । नेपाल टेलिकमको पोस्टपेड मोबाइलको प्रत्येक रिचार्जमा २ प्रतिशत ‘स्वामित्व शुल्क लाग्ने भएको छ ।

नेपाल टेलिकमका अनुसार यसअघि प्रिपेड सिमबाहकसँग मात्र स्वामित्व शुल्क कर लिइन्थ्यो । तर यो वर्ष बजेटमा सरकारले सबै खालका मोबाइल सेवाको सिम तथा रिचार्जमा २ प्रतिशत स्वामित्व शुल्क लिने घोषणा गरेको छ।

यो सँगै ्अब पोष्टपेड मोबाइल रिचार्ज गर्दा कर लाग्ने भएको हो । यस्तो कर रिचार्ज गरेकै बेलामा काटिनेछ ।

रिजार्चमा २ प्रतिशत मात्र होइन, सरकारले प्रत्येक रिचार्जमा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क पनि लिन्छ । जुन, रिचार्जको बेलैमा नकाटिए पनि दूरसञ्चार सेवा प्रदायकले कलमा गणना गरेर काटेर सरकारलाई बुझाउँछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?