Breaking News

नबिल बैंकद्वारा स्क्यान एन्ड वीड्र सेवा

Jul Tue 2020 07:19:10

867 views

नबिल बैंकद्वारा स्क्यान एन्ड वीड्र सेवा

काठमाडौं । आफ्ना ग्राहकहरुलाई नयाँ पद्धतीको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले नबिल बैंकले’स्क्यान एन्ड वीड्र’सुविधाको सुरुवात गरेको छ ।

सुरु गरिएको स्क्यान एन्ड वीड्रमार्फत ग्राहकहरुले चेकको प्रयोग  नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक एकलाख सम्मको रकम झिक्न सक्नेछन् ।

बैंकले हाललाई यो सेवा काठमाडौं उपत्यकाका सबै शाखाबाट उपलब्ध गराएको छ । नबिल बैंकले चाँडै यो सेवा सेवालाई देशभरिका शाखाहरुमा उपलब्ध गराउनेछ ।

ग्राहकले क्यूआरकोड स्क्यान गर्दा अब स्वतः ग्राहकको खाताबाट रकम घट्नेछ र बैंकको कर्मचारीले केवल ग्राहकलाई झिक्न खोजिएको रकम हस्तान्तरण गर्नुपर्नेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शाहका अनुसार स्क्यान एन्ड वीड्रमार्फत नबिल बैंकका ग्राहक महानुभावहरुले सहज र छिटो सेवा  प्राप्त गर्ने बैंकले अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?