Breaking News

कोभिडले विश्व बजारलाई डिजिटलाइज्ट यसरी गराउदैछ

Aug Sat 2020 06:56:59

1202 views

कोभिडले विश्व बजारलाई डिजिटलाइज्ट यसरी गराउदैछ

काठमाडौं। कोरोना भाइरसको माहामारीले देशव्यापाी मात्रै हैन। विश्वकै अर्थतन्त्रमा ठूलो असर पारिरहेको छ। आर्थिक घाटाबाट उम्कनका लागि केन्द्रिय बैंकहरुले विभिन्न किसिमको योजनाहरु बनाएर अघि बढ्न खोजिरहेका छन्।

यसक्रममा विभिन्न व्यवसायहरु एवं कम्पनीहरुले आफ्नो व्यापारलाई पुन सुचारु गर्नका लागि विभिन्न किसिमका उपायँहरु अपनाउन थालेका छन्। 

कोरोना भाइरसको संक्रमण कम गर्नका लागि विभिन्न किसिमका मोबाइल एपहरु समेत तयार गरिएका छन्।

यसबीच कोरोना भाइरसको माहामारीले सेयर बजारमा समेत पूर्ण परिवर्तित रुप लिएको छ। सामाजिक सञ्जाल जस्ता हामीले प्रयोग गर्ने मोबाइल एपहरुले नजिकका मान्छेहरुलाई भेट्न मद्दत गर्छ। यति मात्रै हैन्। प्रविधिको प्रयोगले अहिले जुनसुकै मान्छे जुनै नयाँ ठाँउमा गएपनि उ आफ्नो यात्रा सहजै सफल पार्न सक्छ। जसको एउटा उदाहरण गुगल म्याप हो।

यसरी नै तपाइ कोरोना भाइरस संक्रमितको नजिकक हुनुहुन्छ या भन्ने कुरा थाहा पाउन सकियो भन्ने कस्तो सजिलो होला कल्पना गर्नुहोस् छ। हो यस्तै किसिमको मोबाइल एप बनिसकेको छ। ट्र्यास स्क्यान नामको मोबाइल एपले तपाइ कोरोना भाइरस संक्रमितको नजिक पुग्नु भएको छ वा थियो भने त्यसले तपाईलाई अलर्ट गराउछ।

यति मात्रै हैन। यो एपले लाखौं कर्मचारीहरु आवद्ध रहेको संगठन वा संस्थालाई मूख्यरुपमा कोरोना भाइरसको संक्रमण हुनबाट जोगाउँछ। मानौं कुनै कम्पनीमा एक जना संक्रमित छ भने उस्को नजिक कुनै अर्को कर्मचारी जान नदिन एपले अर्लट गराउनेछ।

कोरोना भाइरसको माहामारीले लगानीकर्ताहरुलाई ईएसजीका क्षेत्रमै मात्र लगानी बढाउनका लागि झनै ठूलो पाठ सिकाएको बजार विशेषज्ञहरु बताउँछन्। यसको एउटा उदाहरण बनेको छ। फेसड्राइभ।

क्यानेडियन राईडसेयरिंग कम्पनी फेसड्राइभले इको फ्रेन्डिली भेकलको प्रयोग गरेर यातायातको सुविधा दिने गर्छ। इको फ्रेन्डीली भेकल भन्नाले वातावरण प्रदुषण नगर्ने इन्जिनको प्रयोग भएका सवारी साधान हुन्। फेसड्राइभले नेपालमा पठाओ र टुटल जस्तै राइडसेयरको सुविधा मात्रै हैन खाना एवं अन्य समानहरु समेत डेलिभर गर्ने काम गर्छ।

जलवायु परिवर्तको चरम संकटमा पृथ्वी रहेका बेला मानिसहरुले अब यातायातका लागि मात्रै हैन खाना एवं आवश्यक समाग्री डेलिभर गर्नका लागि पनि अन्य कम्पनी भन्दा पनि फेसड्राइभलाई नै प्रयोग गरिरहेका छन्।

उबर र लिफ्ट जस्ता पूराना राइडसेयरिंगको तुलनामा फेसड्राइभको भेकलहरुबाट ६९ प्रतिशत कम प्रदुषण हुने अनुसन्धानले देखाएको छ। फेसड्राइभले अहिले खाना डेलिभरका लागि साढे ५ हजारभन्दा बढी रेस्टुरेन्टहरुसँग सहकार्य गरिसकेको छ। लाखौं मेम्बर रहेको यो कम्पनीले इको फ्रेन्डिली भेकल चलाउने सदस्यालाई झन आकर्षक आम्दानी गर्न दिन्छ।

अमेजोन जस्ता विश्वका ठूला कम्पनीहरुसँग सहकार्य गरिसकेको फेसड्राइभको सेवाहरु अहिले थुप्रै सहरमा प्रवेश गरिसकेका छन्। यसबाहेकको लगानी प्रविधि क्षेत्रमा एप्पल र ट्विटरमा गर्न लगानीकर्ताहरु इच्छुक रहेका छन्।

एप्पले एक महत्वपूर्ण काम गरेको छ जुन हो जलवायु परिवर्तनका क्षेत्रमा। विश्वकै ठूलो प्रविधि क्षेत्रको कम्पनी एप्पलले आफ्नो कम्पनीमा प्रयोग हुने १०० प्रतिशत इन्धन शुद्ध इन्धनको प्रयोग गरेको छ। अर्थात एप्पल कम्पनीले वातावरिण प्रदुषण हुन दिएको छैन।  एप्पलका स्टो।, कम्पनी, कारखाना एवं डाटा सेन्टरमा समेत रिन्युएवल इनर्जीको प्रयोग भएको छ।

कम्पनीका सिईओ टीम कुकले एप्पलले प्रयोग गर्ने इनर्जी १०० प्रतिशत शुद्ध इनर्जी रहेको बताएका छन्। अमेरिकी गेम कम्पनी एनभिडियाले पनि ईएसजीका क्षेत्रमा उल्लेख्य योगदान दिएको छ। विश्वभर चर्चीत समाजिक सञ्जाल ट्विटरले जलवायु परिवर्तन, समानता र इन्टरनेट सुरक्षाका क्षेत्रमा उठाएको आवाजले लगानीकर्ताहरुको ध्यान तानेको छ।

क्यानेडियन टेलिकम्युनिकेसन कम्पनी स कम्युनिकेसनले पनि पूर्णरुपमा रिन्युएवल इनर्जीको प्रयोग गर्ने गरेको छ। त्यस्तै इकमर्सका क्षेत्रमा ठूलो फडको मारिरहेको सोफिले प्रत्येक वर्ष ५० लाख डलर मौसम परिवतर्नका क्षेत्रमा काम गर्नका लागि सहयोग दिँदै आएको छ। यी बाहेक थुप्रै कम्पनीहरुले दिर्घ कालिन रुपमा आफुलाई मात्रै हैन समग्र ग्राहलाई नै फाइदा पुर्‍याउने किसिमले काम गरिरहेका छन्। ती कम्पनीहरुमा नै लगानीकर्ताहरु बढी आर्कर्षित देखिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?