Breaking News

अश्लिल फोटो बनाएर सामाजिक सञ्जालमा पठाउने युवक प्रहरी नियन्त्रणमा

Aug Sun 2020 04:06:32

1267 views

अश्लिल फोटो बनाएर सामाजिक सञ्जालमा पठाउने युवक प्रहरी नियन्त्रणमा

काठमाडौं। प्रहरीको साइवर ब्यूरोले तनहुँ भानु नगरपालिकाकी १३ वर्षीया बालिकाको फेसबुकमा नक्कली आइडी बनाएर आफन्तलाई पठाउने तनहुँका सविनराज मिश्रलाई  पक्राउ गरेको छ। 

उनलाई अश्लिल भिडियो बनाएर सामाजिक सञ्जालमा पठाएको अभियोग प्रहरीले लगाएको छ ।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले १३ वर्षीया एक बालिकाको फोटो प्रयोग गरी नक्कली फेसबुक खोलेर अश्लिल फोटो तथा सन्देश बालिकाको दिदी तथा आफन्तलाई पठाउने कार्यमा संलग्न रहेकाले मिश्रलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका मिश्र यसअघि पनि विद्युतीय कारोवार ऐन, २०६३ को कसुरमा जिल्ला अदालत काठमाडौँबाट रु एक लाख तिरेर धरौटीमा छुटेका व्यक्ति भएको ब्यूरोले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?