Breaking News

एनआरएन इन्फ्रास्ट्रक्चरको ३३ करोडको आईपीओ आयो, भर्न छुट्ला है

Aug Sun 2020 04:15:03

964 views

एनआरएन इन्फ्रास्ट्रक्चरको ३३ करोडको आईपीओ आयो, भर्न छुट्ला है

काठमाडौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३३ करोड ९८ लाख ४६ हजार छ सय रुपैयाँको साधारण सेयरको बिक्री खुल्ला भएको छ ।

कम्पनीले आज शुक्रबारबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ३३ लाख ९८ हजार ४६ कित्ता साधारण सेयरको बिक्री खुल्ला गरेको हो ।

निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको कम्पनीको बिक्री खुल्ला गरेको कुल सेयर मध्येमा पाँच प्रतिसत अर्थात एक लाख ६९ हजार नौ सय दुई कित्ता सामुहिक लगानी कोषको लागि, दुई प्रतिसत अर्थात ६७ हजार नौ सय ६१ कित्ता कर्मचारीहरुको लागि र बाँकी ३१ लाख ६० हजार एक सय ८३ कित्ता सेयर भने सर्वसाधारणको लागि छुट्याईएको छ ।

सेयर खरिदको लागि सर्वसाधारणहरुले न्युनतम १० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन । अधिकृत पुंजी पाँच अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पुंजी भने एक अर्ब १३ करोड २६ लाख ८२ हजार एक सय रुपैयाँ रहेको छ ।

हाल चुक्ता पुंजी ७९ करोड २८ लाख ७७ हजार पाँच सय रुपैयाँ रहेको कम्पनीको साधारण सेयरको बिक्री पश्चात भने चुक्ता पुंजी एक अर्ब १३ करोड २६ लाख ८२ हजार एक सय रुपैयाँ पुग्ने छ । साधारण सेयरको बिक्री कार्य छिटोमा साउन २१ गते तथा ढिलोमा भदौ तीन गते बन्द हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?