Breaking News

नि:शुल्क रोजगारी पोर्टल रोजगारी संजालको 2.0 भर्सन आयो

Aug Thu 2020 04:15:13

812 views

नि:शुल्क रोजगारी पोर्टल रोजगारी संजालको 2.0 भर्सन आयो

 नि:शुल्क  जब पोर्टल रोजगारी संजाल  डट कम आफ्नो  नया भर्सन 2.0 सार्बजनिक गरेको छ।  ग्रेफ़िअस टेक्नोलोजी प्रा लि ले आफ्नो फेसबुक पेजमार्फत  नया भर्सन 2.0 को जानकारी गराएको हो। 

पहिलो भर्सनमा यो वेबसाइटमार्फत् कुनै पनि संघसंस्था, उद्योग, व्यावसायिक संगठनलगायतले कर्मचारीको आवश्यकता  परेको खण्डमा निःशुल्क आफ्नो कम्पनीको खाता खोलि  विज्ञापन राख्‍न पाउने ब्यबस्था साथै  जागिरको  खोजीमा रहेको व्यक्तिको विवरण हेरी सिधै सम्पर्क गर्नसक्ने जस्ता सुबिधा थियो  र अहिले उक्त सुबिधालार्इ आझ मध्ये नजर गर्दै नया सुबिधाहरु पनि थप गरेको कम्पनीले जनाएको छ।  साथै  जागिरको खोजीमा रहेकाले पनि वेबसाइटमा गइ व्यक्तिगत खाता खोलेर आफूलाई उपयुक्त हुने रोजगार छनोट गरि आवेदन गर्न सकिनेछ । 

 आफ्नो बायोडाटा यस साइटमा पोष्ट गर्न सक्ने, मन परेको कम्पनीलाई फ्लो गरि  नयाँ नयाँ रोजगारीको  बारेमा जानकरी लिन सकिनुका साथै लेटेष्ट बायोडाटाका फर्मेटहरु डाउनलोड गरी बनाउन सकिने सुबिधा रहेको छ ।   यी सुबिधा र विशेषताहरुलाई नै सरल तथा सहज गराउनका  लागि नयाँ भर्सन २.०  सार्बजनिक गरिएको   ग्रेफीयस टेक्नोलोजीका अध्यक्ष तथा रोजगारी संजाल  डट कम का सीईओ देवेन्द्र नेपालले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?