Breaking News

गुगलका कर्मचारीले २०२० को जुनसम्म घरबाटै काम गर्ने

Aug Mon 2020 07:25:37

336 views

गुगलका कर्मचारीले २०२० को जुनसम्म घरबाटै काम गर्ने

काठमाडौं । गुगलले आफ्ना कर्मचारीलाई अर्को वर्षको जूनसम्म घरमा नै बसेर काम गर्न अनुमति दिएको छ। यसअघि गुगलले सन् २०२० को अन्त्य सम्मै अधिकांश कर्मचारीहरुले घरबाटै काम गर्ने र केही कर्मचारीहरुलाई छिट्टै नै कार्यालयमा आउन अनुमति दिइने बताएको थियो । तर गुगलले कर्मचारीहरु कार्यालयमा फर्किने समयावधिलाई लम्ब्याएको हो ।

कम्पनीका प्रमुख सुन्दर पिचाईले एक इमेलमा अफिस आउन आवश्यक नभएका कर्मचारी अर्को वर्षको मध्यसम्म घरमा नै बसेर काम गर्नसक्ने बताएका छन् ।संसारभरी गुगलका २ हजार कर्मचारी छन् । 

गुगल, फेसबुक, ट्विटर, एप्पल, माइक्रोसफ्ट जस्ता विश्वका सबैभन्दा ठूला प्रविधि कम्पनीका अधिकांस कर्मचारीहरुले लामो समयदेखि घरबाटै काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?