Breaking News

भर्चुअल रुपमा सहकारीका महिला उद्यमीहरुलाई डिजिटल कारोबार बारेको जानकारी

Aug Sat 2020 03:25:31

1274 views

भर्चुअल रुपमा सहकारीका महिला उद्यमीहरुलाई डिजिटल कारोबार बारेको जानकारी

क्यान महासंघ वुमन ईन आईसीटी कमिटी, प्रभ्रू मेनेजमेन्ट र क्यान जिल्ला शाखाहरुको संयुक्त आयोजनामा एकदिने सहकारी लागि डिजिटल कारोबार विषयक वेभिनार सम्पन्न भएका छे ।

उक्त वेभिनारमा तितेपाती महिला बचत तथा ऋण सहकारी रुपन्देही, परोपकार महिला बचत तथा ऋण सहकारी संस्था दोलखा, महिला बचत तथा ऋण सहकारी संस्था सिन्धुपाल्चोक, प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था चितवनका पदाधिकारी सदस्यहरु, क्यान महासंघ केन्द्र प्रदेश तथा जिल्ला शाखा कार्यासमितिहरुको सहभागीता रहेकने थियो।

क्यान महासंघका अध्यक्ष नवराज कुँवर, प्रभु् ग्रुपका उपाध्यक्ष तथा प्रभु म्यानेजमेन्टका अध्यक्ष कुसुम लामाले सस्थाहरुले आफ्नो सेवालाइ कसरी डीजिटलाइज गर्ने बिषयमा धारणा राखेका थिए ।

यसैगरी क्यान महासंघका महासचिव नारायण थापा, कार्यक्रमका श्रोत व्यक्ति केशव आचार्य, श्रृष्टी पन्त, सहजकतार् रिना श्रेष्ठले पनि कार्यक्रममा विचार प्रस्तुत गरेका थिए ।  सहभागी संस्थाहरुको तर्फबाट तितेपाती महिला बचत तथा ऋण सहकारी रुपन्देही अध्यक्ष कमला बस्नेत कुँवर, वुमन ईन आईसीटी कमिटीका संयोजक शिला कार्की लगायतले सहकारी संस्थाहरुले आफ्नो सेवा तथा करोवारलाई कसरी डिजिटलाइजेशन गरी सम्पुर्ण वित्तीय क्रियाकलाप र गतिविधिहरुलाई सहज र सरल एवं सुरक्षित गर्न सकिन्छ भन्ने बारेमा धारणा प्रस्तुत गरे । कार्यक्रममा ९० जना सहभागिता रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?