Breaking News

अनलाइन शेयर कारोबार गर्ने ६४ हजार ६१६ बढी प्रयोगकर्ता पुगे

Aug Sun 2020 04:04:06

938 views

अनलाइन शेयर कारोबार गर्ने  ६४ हजार ६१६ बढी प्रयोगकर्ता पुगे

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार अनलाइन प्रयोग गर्ने सेयर लगानीकर्ताको संख्या ६४ हजार ६१६ जना पुगेको छ ।

सेयर बजारमा १५ लाखभन्दा बढी लगानीकर्ता रहे पनि क्रियाशिल लगानीकर्ताको संख्या २ लाख ८७ हजार ८५४ छ । जसमा अनलाइन प्रयोग गर्ने लगानीकर्ताको संख्या ६४ हजार ६१६ जना मात्रै रहेको छ ।

अहिले विश्वब्यापी रुपमा बढेको कोरोनाको असर नेपालमा परेको छ । जसले गर्दा अनलाइन कारोबारमा लगानीकर्ता आकर्षित भएका छन् ।

हाल सरकारले निषेधाज्ञामा गरेको छ । त्यसले गर्दा अनलाइन लिनेको संख्या दिन दिन बढ्न थालेको छ । ब्रोकर कार्यालय नखुल्ने तर सेयर बजार खुल्ने भएपछि कारोबार गर्नका लागि अनलाइन सेवा लिनेको संख्या बढेको नेप्सेको भनाइ छ ।

नेप्सेका अनुससार ५० वटा ब्रोकरमा सबैभन्दा बढी नाशा सेक्युरिटीजबाट ५ हजार २७६ जनाले अनलाइनको यूजर लिएका छन् । 

सनि सेक्यूरिटीजबाट ४ हजार ९ सय ८८ जनाले, दिपशिखा धितोपत्र कारोबार कम्पनीबाट ४ हजार ८०५ जनाले,  सगरमाथा सेक्युरिटिजबाट जम्मा १६८ जनाले अनलाइनको सेवा लिएको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?