Breaking News

एनएमबि बैंकले शुन्य प्रतिशत ब्याजमा स्यामसङ्ग मोबाईल किन्न ऋण दिने

Aug Sun 2020 04:18:16

528 views

एनएमबि बैंकले शुन्य प्रतिशत ब्याजमा स्यामसङ्ग मोबाईल किन्न ऋण दिने

काठमाडौं । एनएमबि बैंक र आईएमएसबीच मोबाईल फोनको खरीदमा कर्जा प्रदान गर्ने विषयमा सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस अन्तर्गत एनएमबिका ग्राहकहरुले स्यामसङ्ग मोबाईलको आधिकारीक वितरक आईएमएसबाट स्मार्टफोन र अन्य ग्याजेटहरुको खरीदमा ‘एनएमबि सुलभ किस्ता’ योजना अन्तर्गत ९ महिनासम्मको सरल किस्तामा समानहरु खरीद गर्न सक्नेछन् ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र आईएमएसका तर्फबाट प्रबन्धक–सेल्स एण्ड अपरेशन नारायण प्रसाद भुषालले हस्ताक्षर गरेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?