Breaking News

फेसबुक र इन्स्टाग्राममा समाचार शेयर गर्न नपाइने

Sep Wed 2020 08:48:27

391 views

फेसबुक र इन्स्टाग्राममा समाचार शेयर गर्न नपाइने

अष्ट्रेलियाले प्रयोगकर्ताले शेयर गर्ने विभिन्न समाचारहरु बापत फेसबुकले पैसा तिर्नुपर्ने कानून ल्याउन लागेको छ । सामाजिक सञ्जालमा जो कोहीले शेयर गर्ने समाचारबापत सम्बन्धित मिडियालाई फेसबुकले पैसा तिर्नुपर्ने गरी अष्ट्रेलियाले ल्याउन लागेको कानूनप्रति फेसबुक र गुगलले बिरोध जनाएका छन् । 

यदि यो कानून बनेमा अष्ट्रेलियामा फेसबुक प्लाटफर्ममा समाचार शेयर गर्ने फिचर बन्द गर्ने चेतावनी फेसबुकले दिएको छ । 

समाचार शेयर भएबापत फेसबुकले पैसा तिर्नुपर्ने अष्ट्रेलियाद्वारा प्रस्तावित विधयेकले कानुनको रुप लिएमा अष्ट्रेलियाली प्रयोगकर्ताका लागि फेसबुक र इन्स्टाग्राममा समाचार शेयर गर्ने फिचर बन्द गरिने फेसबुकले प्रष्ट पारेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?