Breaking News

भारतले पब्जीसहित ११८ मोबाइल एप्समाथि प्रतिबन्ध लगायो

Sep Wed 2020 08:58:33

349 views

भारतले पब्जीसहित ११८ मोबाइल एप्समाथि प्रतिबन्ध लगायो

काठमाडौं । भारतले पबजीसहित ११८ मोबाइल एप्समाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । भारतको सूचना तथा प्रविधि मन्त्रालयले बुधबार यस्तो निर्णय गरेको हो । मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।

अहिले भारतले प्रतिबन्ध लगाएका एपहरुमा धेरै एप चीनसँग जोडिएका छन् । भारतको सूचना तथा प्रविधि मन्त्रालयले यो कदमले भारतको करोडौं मोबाइल र इन्टरनेट प्रयोगकर्ताको लाभ हुने बताएको छ । साथै भारतको साइबर स्पेसको सुरक्षा र सम्प्रभुता सुनिश्चित गर्ने उद्देश्यका साथ यो निर्णय लिइएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

यसअघि पनि भारतले चीनसँग जोडिएका ५९ मोबाइल एपमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । जसमा लोकप्रिय भिडियो एप टिकटक पनि परेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?