Breaking News

मोबाइलमा ब्यालेन्स रिचार्ज, ट्रान्सफर, बुझ्न सबै कम्पनीको एउटै कोड हुने

Sep Mon 2020 11:59:53

564 views

मोबाइलमा ब्यालेन्स रिचार्ज, ट्रान्सफर, बुझ्न सबै कम्पनीको एउटै कोड हुने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको ‘दूरसञ्चार सेवामा प्रयोग हुने सर्ट कोड र टोल फ्रि नम्बर व्यवस्थापन सम्बन्धि कार्यविधि, २०७७’ मा अब सबै मोबाइल कम्पनीहरुको एउटै सर्ट कोड हुने व्यवस्था गरेको छ ।

जस अनुसार अब ग्राहकले जुनसुकै कम्पनीको मोबाइल प्रयोग गर्दा पनि एउटै सर्ट कोड प्रयोग गर्न सक्नेछन् ।

जस अनुसार रिचार्ज गर्नका लागि १२२, ब्यालेन्स ट्रान्सफर गर्नका लागि १३३ र ब्यालेन्सबारे जानकारी लिनका लागि १४४ कोड प्रयोग हुनेछ । हाल कम्पनी अनुसार यी कोर्डहरु फरक फरक छन् ।

यो व्यवस्था कम्पनीहरुले ६ महिनाभित्र कार्यान्वयनमा गरिसक्नु पर्नेछ ।

त्यसैगरी टोल फ्रि नम्बरको हकमा पनि संशोधन गरिएको छ । जस अनुसार अब टोलफ्रि नम्बर १८०० अंकबाट शुरु हुनेछ । यसअघि टोलफ्रि नम्बरहरु १६०० अंकबाट शुरु हुन्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?