Breaking News

नेपालमा आइफोन १२ को मूल्य कति

Sep Tue 2020 12:03:12

1227 views

नेपालमा आइफोन १२ को मूल्य कति

समाचारहरुमा जनाइए अनुसार एप्पल कम्पनीले आइफोन १२ सिरिजमा ४ वटा मोडल ल्याउने छ । जसमा मूल्यलाई पनि आधार बनाइएको छ । जसमा कम्पनीले २ वटा सस्ता र २ वटा महंगा मोडलमा आइफोन ल्याउने तयारी गरेको छ । सस्तो मूल्य पर्ने २ वटा मोडलको स्क्रिन पनि सानो हुने दाबी गरिएको छ ।

ती दुई मोडलको स्क्रिन ५.४ इञ्च र ६.१ इञ्चको हुनेछ । दुबै मोडलका फोन अन्य मोडलको तुलनामा सस्तो हुने समेत जनाइएको छ ।

त्यसैगरी एप्पल कम्पनीले अन्य २ मोडलका फोनका स्क्रिन भने ६.१ इञ्च र ६.७ इञ्चको हुनेछन् । जसमा ओएलइडी डिस्प्ले समेत रहनेछ । ६.७ इञ्चको स्क्रिन भएको मोडल सबैभन्दा महंगो हुनेछ ।

यसअघि आइफोन १२ लञ्च हुने समय सेप्टेम्बर ८ भनिए पनि केही ढिलाइ हुने समेत समाचारमा जनाइएको छ । कम्पनीले हालसम्म मूल्य सार्वजनिक नगरेपछि आइफोन १२ को मूल्य ६४९ डलर, आइफोन १२ म्याक्सको मूल्य ७४९ डलर, आइफोन १२ प्रोको मूल्य ९९९ डलर र आइफोन १२ प्रो म्याक्सको मूल्य १०९९ डलर हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?