Breaking News

सोचेकै भरमा कम्प्युटर चलाउन सकिने प्रविधिको आविष्कार

Sep Tue 2020 06:43:58

856 views

सोचेकै भरमा कम्प्युटर चलाउन सकिने प्रविधिको आविष्कार

बीबीसी । विद्युतीय कार निर्माता टेस्लाका संस्थापक इलोन मस्कले मस्तिष्कमा कम्प्युटर चीप राखिएको एक सुँगुर सार्वजनिक गरेका छन्। सो कार्यक्रमले उनको महत्त्वाकाङ्क्षी मस्तिष्कलाई उपकरणमा जोड्ने तरिकाको प्रदर्शन गरेको छ।

‘यो मस्तिष्कमा साना तार जडित सानो उपकरण हो,’ उनले वेबकास्टमार्फत भने। उनको स्टार्टअप कम्पनी न्यूरालीङ्कले मानिसको यो प्रविधि परीक्षण गर्न गत वर्ष आवेदन दिइसकेको छ।

यो प्रविधिले नसामा समस्या भएकाहरूलाई सोचेकै भरमा फोन वा कम्प्युटर नियन्त्रण गर्नसक्ने बनाउने बताइएको छ। त्यस्ता चीप क्रमिकरूपमा डिमेन्सिया, पार्किन्सन्स र मेरुदण्डमा समस्या भएका मानिसहरूको अवस्था सुधार गर्नका लागि प्रयोग गर्न सकिने मस्कले दाबी गरे।

तर दीर्घकालीन रूपमा भने यसको आंशिक उद्देश्य मानव जातिलाई नष्ट पारिदिन सक्ने कृत्रिम बुद्धिमत्ताविरुद्ध उभिनु रहेको उनले बताए। प्रदर्शन गरिएको गेट्रुड नामको सुँगुरले खाना खाँदा वा बास्ना लिँदा ती गतिविधिहरू ग्राफमा देखिएको थियो।

उनको मस्तिष्कमा जडित उपकरणले ताररहित सङ्केत पठाएको थियो जसले खानाको खोजी गरिरहेका बेला उनको नाक र मुखमा नशाको गतिविधि देखाएको थियो।

गत वर्ष सार्वजनिक गरिएको न्यूरालीङ्क उपकरणलाई अझ सरल र सानो बनाइएको मस्कले बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?