Breaking News

फेसबुकमै इन्स्टाग्राम स्टोरिज हेर्न सकिने, फेसबुक स्टोरिजमा निलो घेरा भने इन्स्टाग्राम स्टोरिजमा गुलावी रङ

Sep Sat 2020 07:31:23

799 views

फेसबुकमै इन्स्टाग्राम स्टोरिज हेर्न सकिने, फेसबुक स्टोरिजमा  निलो घेरा भने इन्स्टाग्राम स्टोरिजमा गुलावी रङ

फेसबुकले यस्तो फिचरको परीक्षण सुरु गरेका छ जसबाट इन्स्टाग्राममा पोष्ट गरिएका सामग्रीहरु फेसबुकबाटै हेर्न सकिनेछ ।

फेसबुकले हालै यो फिचर केही फेसबुक प्रयोगकर्ताहरुका लागि परीक्षणका रुपमा उपलब्ध गराएको हो । जसमा प्रयोगकर्ताले आफ्ना इन्स्टाग्राम स्टोरिज फेसबुक एपबाटै हेर्न पाउँदछन् ।

फेसबुकमा देखिने स्टोरिज इन्स्टाग्रामको हो कि फेसबुकको हो भन्ने कुरा प्रोफाइल फोटोलाई घेरिएको रङबाट छुट्टिनेछ । फेसबुक स्टोरिजमा निलो घेरा हुन्छ भने इन्स्टाग्राम स्टोरिजमा एप आइकनकै जस्तो गुलावी सुन्तला रङ हुनेछ ।

आफ्नो इन्स्टाग्रामलाई फेसबुक अकाउन्टसँग लिंक गराएका प्रयोगकर्ताका इन्स्टाग्राम फलोअर्सहरुले मात्र आफूले फलो गरेका व्यक्तिको इन्स्टाग्राम स्टोरिज फेसबुकमा देख्न पाउनेछन् । त्यस्तै फेसबुकमा साथी भएका तर इन्स्टाग्राममा फलो नगरेका मानिसहरुले फेसबुकमा इन्स्टाग्रामको स्टोरिज देख्ने छैनन् ।

सीमित प्रयोगकर्ताका बीचमा यो परीक्षण जारी रहेको भन्दै फेसबुकले प्रयोगकर्ताहरुको पृष्ठपोषण ग्रहण गरिरहेको जनाएको छ । साथै फेसबुकले यो नयाँ फिचरले विद्यमान सबै खालका प्राइभेसी सेटिंग्सलाई कायम राखेको पनि जनाएको छ । जसमा इन्स्टाग्राम प्रयोगकर्ताका लागि आफ्ना स्टोरिज फेसबुकमा देखाउने कि नदेखाउने भन्ने अप्सन रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?