Breaking News

कोरोनाको पत्ता लगाउन गुगल र एप्पलले ल्याए नयाँ नोटिफिकेशन सिस्टम

Sep Sat 2020 07:39:19

296 views

कोरोनाको पत्ता लगाउन गुगल र एप्पलले ल्याए नयाँ नोटिफिकेशन सिस्टम

इञ्जिन गुगल तथा एप्पलले कोरोना भाइरसबाट बचाउनका लागि नयाँ एक्सपोजर नोटिफिकेशन सिस्टम बनाएका छन् । कोरोनाबाट जोगिनका लागि उक्त प्रणाली महत्वपूर्ण हुने समाचार विवरणहरुमा जनाइएको छ ।

गुगल तथा एप्पल कम्पनीले भनेका छन् त्यस्तो नोटिफिकेशन सिस्टम मेरील्याण्ड, नेवादा, भर्जिनिया तथा वासिङटन डिसीमा सार्वजनिक गरिएको छ ।

उक्त सिस्टम केही दिन पछिदेखि प्रयोगमा आउनेछ । त्यस्तो नोटिफिकेशन उपयोग गर्ने पहिलो देशमा अमेरिका नै हुने भएको छ ।

दुई वटा कम्पनीले प्रणाली जडान गरेपछि कोरोनाको जोखिम रहेको वा नरहेको बारेमा जानकारी लिन सकिनेछ ।

सो सिस्टमको एक्सपोजर नोटिफिकेशन एक्सप्रेस नाम दिइएको छ ।

उक्त सिस्टम पब्लिक हेल्थ अथ्योरिटीको एप बिना नै सम्पर्क तथा टे«सिङका लागि स्मार्टफोन नै उपयोग हुने गरी सक्षम बनाइदिनेछ ।

एक्सपोजर नोटिफिकेशन एक्सप्रेसको नामक उक्त नयाँ सिस्टमले सार्वजनिक स्वास्थ्य अधिकारीले गुगल तथा एप्पलका लागि छोटो कन्फर्मेशन फाइल सवमिट गर्नका लागि अनुमति दिने छ ।

त्यसपछि दुई वटा कम्पनीको सिस्टम सेट गर्नका लागि फाइलका उपयोग गर्न सकिनेछ ।

जबकी फोन कस्को साथमा रहेको छ भन्ने थाहा हुन्छ । जुन व्यक्तिको साथमा मोबाइल हुन्छ, उसँग कोरोना भाइरस रहेको छ वा छैन भन्ने कुराको सजिलै परीक्षण हुनेछ ।

आइफोनको मामलामा भने आईओएस अपरेटिङ सिस्टमको एक नयाँ अपडेड यूजर्स उपलब्ध हुनेछ । स्थानीय स्वास्थ्य अधिकारीसँग एक्सपोजर नोटिफिकेशन सिस्टम उपलब्ध हुन्छ । त्यो सिस्टमले प्रयोगकर्तालाई नयाँ एपको डाउनलोड गर्न समेत अनुमति दिनेछ ।

त्यसरी डाउनलोड भएपछि त्यहाँ आउने नोटिफिकेशनका आधारमा उसलाई कोरोना भाइरस रहे नरहेको समेत पत्ता लाग्नेछ । एन्ड्रोइड डिभाइस भएका प्रयोगकर्ताको फोनमा रहेको अपरेटिङ सिस्टममा एक प्रकारको संकेत मिल्नेछ । त्यस्तो संकेत मिल्ने बित्तिकै एप डाउनलोड गर्नुपर्नेछ ।

यसबाट कोरोना भाइरस लागेका व्यक्तिसँग सम्पर्क भएको छ वा छैन भन्ने समेत पत्ता लाग्नेछ । कोरोना पोजेटिभ भएका व्यक्तिको सम्पर्कमा रहेका व्यक्ति पत्ता लगाउन उक्त प्रणालीले सहयोग गर्नेछ । यस्तै ब्लू टुथ सिंग्नलको उपयोग गर्न समेत अनुमति दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?