Breaking News

डिजिटल लाइसेन्स असोज १ गतेबाट वितरण हुँदै

Sep Wed 2020 09:30:36

818 views

डिजिटल लाइसेन्स असोज १ गतेबाट वितरण हुँदै

काठमाडौं  सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण असोज १ हुने भएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, ठुलो भर्याङले सूचना निकालेर लाइसेन्स वितरण थाल्ने जानकारी गराएको छ ।  

लाइसेन्स प्रिन्ट भए नभएको एकिन गरेर लिन आउन भनेको छ । लाइसेन्स वितरण बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै हुनेछ ।

यातायात व्यवस्था विभागले माग भएर आएका सबै लाइसेन्स प्रिन्ट गरेर सम्बन्धित कार्यालयहरुमा पठाइसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?