Breaking News

एप्पल वाच लगाएर व्यायाम गर्नेलाई पुरस्कार दिने घोषणा

Sep Fri 2020 09:38:03

1459 views

एप्पल वाच लगाएर व्यायाम गर्नेलाई पुरस्कार दिने  घोषणा

एप्पलले सिंगापुर सरकारसँग मिलेर त्यहाँका जनताका लागि निकै गज्जबको अर्को अफर ल्याएको छ । आफ्ना स्मार्टवाचहरुको प्रयोग बढाउनका लागि एप्पलले यस्तो तरिका अपनाएको हो । सिंगापुर सरकारले मंगलबार एक घोषणा गर्दै एप्पल वाचका लागि डिजाइन गरिएको हेल्थ एप प्रयोग गर्ने नागरिकहरुलाई सयौँ डलर पुरस्कार दिने जनाएको हो ।

एप्पल वाचको उक्त हेल्थ एपले मानिसहरुलाई व्यायाम गर्न उत्प्रेरित गर्दछ भने हरेक हप्ता हिँडडुल, पौडी तथा योगा जस्ता काम पूरा गर्न समेत सम्झाइदिन्छ ।

एप्पल वाचको उक्त एपमा निर्धारित व्यायामको लक्ष्य पूरा गर्नेलाई ३८० सिंगापुर डलर सम्म नगद पुरस्कार दिइने सरकारको भनाई छ । सिंगापुर सरकारसँग भएको यस्तो सम्झौता विश्वमै पहिलो भएको एप्पलले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?