Breaking News

अनलाइन र युट्युबको आम्दानीलाई वैधानिकता, बैकमार्फत सिधै पाइने व्यवस्था

Sep Fri 2020 09:43:28

868 views

अनलाइन र युट्युबको आम्दानीलाई वैधानिकता, बैकमार्फत सिधै पाइने व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले युट्युब जस्ता सामाजिक सञ्जालमाध्यमबाट हुने आम्दानी रकमलाई नेपालको बैंक खातामा जम्मा गर्न सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले ई-कमर्स लगायतका कारोबारवापत अनलाइन वित्तीय सेवा मार्फत विदेशबाट नेपालमा विदेशी मुद्रा रकमान्तर गर्न सकिने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकको यो व्यवस्थापछि स्वदेशी बैंकको खातामा विदेशी मुद्रा प्राप्त भए पश्चात् भुक्तानी सेवा प्रदायक (बैंक तथा वित्तीय संस्था समेत) ले सञ्चालन गरेको ग्राहकको वालेट लगायत भुक्तानीका उपकरणमा तोकिएको सीमासम्मको रकम स्वदेशी मुद्रामा रकमान्तर गर्न सक्नेछन् ।

यसअघि युटुव जस्ता सामाजिक सञ्जालबाट आम्दानी भएका रकम धेरै जसो वेस्टर्न युनियन मनि ट्रान्सफरमार्फत् आउने गरेको थियो ।

यसरी आम्दानी भएको रकमका सम्पत्ति शुद्घीकरण तथा आतंकबादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी ऐन एवम् प्रचलित अन्य ऐन, कानून तथा निर्देशनको अनिवार्य पालना भएको हुनुपर्ने तथा सम्पन्न कारोवारहरुको मासिक विवरण तोकिएको ढांचामा महिना समाप्त भएको मितिले १५ दिन भित्र यस्तो कारोबार गर्ने बैंक तथा अन्य संस्थाले राष्ट्र बैंकमा बुझाउनु पर्नेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?