Breaking News

स्मार्टवाचको दुई नयाँ सिरिज वाच सिरिज ६ र वाच एसई सार्वजनिक

Sep Fri 2020 09:45:56

1477 views

स्मार्टवाचको दुई नयाँ सिरिज वाच सिरिज ६ र वाच एसई सार्वजनिक

एप्पलले स्मार्टवाचको दुई नयाँ सिरिज वाच सिरिज ६ र वाच एसई सार्वजनिक गरेको छ । जसमध्ये एसई सस्तो मूल्यमा उपलब्ध छ । वाच सिरिज ६ मा ब्लड अक्सिजन सेन्सर छ, जसले मुटु वा फोक्सोमा आउने समस्याको जानकारी दिन सक्छ ।

त्यस्तै एप्पलले नयाँ आईप्याड एयरमा पहिलोपटक चिप म्यानुफ्याक्चरिङ प्रोसेसिङको प्रयोग गरिएको छ । यसमा प्रयोग गरिएको ए१४ प्रोसेसरबाट ४के भिडियोलाई पनि सहजै इडिट गर्न सकिन्छ । यसको सबैभन्दा विशेष आकर्षण यसको टच आईडी फिंगरप्रिन्ट सेन्सर हो । यसमा यूएसबी पोर्ट पनि छ । यसमा १० दशमलव ९ इन्चको डिस्प्ले स्क्रिन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?